नियम ४०
अन्य निवेदनमा खुलाउनु पर्ने कुराहरु
(१) नियम ३२ बमोजिम दिइने निवेदनमा नियम १३ मा उल्लिखित कुराका अतिरिक्त आवश्यकता अनुसार देहायका कुराहरू खुलाउनु पर्नेछ :-
(क) निवेदन दिनु पर्ने कारण र सो सम्बन्धी तथ्य,
(ख) अधिकार क्षेत्रसम्बन्धी कुरा,
(ग) निवेदकको के कस्तो मौलिक वा कानूनी हक कसरी हनन् हुन गएको छ सो कुरा,
(घ) अन्य वैकल्पिक उपचार नभएको वा वैकल्पिक उपचारको व्यवस्था भए पनि सो उपचार अपर्याप्त वा प्रभावहीन देखिएको पुस्ट्याई हुने कुरा,
(ङ) निवेदकले मागेको उपचार,
(च) उपचारका आधारहरू ।
(२) नियम ३२ को उपनियम (१) को खण्ड (ख) बमोजिम सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कुनै संवैधानिक वा कानूनी प्रश्नको निरूपणको लागि दिइने निवेदनमा उपनियम (१) र नियम १३ मा उल्लिखित कुराका अतिरिक्त आवश्यकतानुसार देहायका कुराहरू खुलाउनु पर्नेछ :-
(क) निवेदकले उठाएको विषयमा संवैधानिक वा कानूनी प्रश्न सन्निहित रहेको पुष्टि हुने तथ्य,
(ख) प्रत्यर्थीले संविधान वा कानून बमोजिम गर्नु पर्ने के कस्तो कार्य नगरेको हो वा के कस्तो असंवैधानिक वा गैरकानूनी कार्य गरेको वा गर्न लागेको हो र सो कारणले कुनै वर्ग वा समुदायलाई परेको वा पर्न सक्ने असर,
(ग) निवेदकले उठाएको विषय यस अघि अदालतबाट निरुपण नभएको वा सो विषय अदालतमा विचाराधीन नरहेको कुरा,
(घ) निवेदकले उठाएको विषयका सम्बन्धमा काम कारबाही गर्नु पर्ने वा गर्नु नपर्ने कर्तव्य रहेको सरकारी निकाय वा पदाधिकारी समक्ष आवश्यक उपचारको लागि निवेदन दिएको कुरा,
(ङ) खण्ड (घ) बमोजिम निवेदन दिएकोमा सो प्रक्रियामा अनुचित विलम्ब भई वा सो प्रक्रिया निष्प्रभावी भई अदालतमा उपचार माग गर्न आएको भए सो बेहोरा,
(च) खण्ड (घ) बमोजिम निवेदन दिएकोमा उपचार प्राप्त गर्न नसकेको कारण अदालतमा निवेदन दर्ता गर्न लागेको कुरा सो सरकारी निकाय वा पदाधिकारीलाई जानकारी गराएको बेहोरा,
(छ) विषयवस्तुको गम्भीरता, शीघ्र सुनुवाइको आवश्यकता र सरोकारवालालाई परेको वा पर्न सक्ने असरलाई दृष्टिगत गरी खण्ड (च) बमोजिम जानकारी दिन सम्भव नभएमा वा मनासिब नभएमा सोको पर्याप्त र चित्त बुझ्दो कारण,
(ज) निवेदनमा उल्लेख गरेको विषयसँग निवेदकको सार्थक सम्बन्ध र तात्विक सरोकार रहेको तथा निवेदक सम्बन्धित जनसमुदाय वा सर्वसाधारणको सरोकारलाई प्रतिनिधित्व गर्न सक्षम रहेको विश्वास हुने आधार,
(झ) सम्बन्धित समुदायका व्यक्तिहरू गरिब, असहाय, अशिक्षित, बालक, मजदुर, वृद्ध, अशक्त महिला, पिछडिएको वर्ग भएको कारणले स्वयं अदालतमा आउन नसकेको वा निवेदक स्वयं त्यस्तो समुदाय वा वर्गको व्यक्ति भएको कारणले निवेदन दिएको भए सो कुराको विश्वास हुने आधार ।
(३) उपनियम (२) बमोजिम निवेदन दिंदा निवेदकले सार्वजनिक हक वा सरोकारको विवादको विषयमा निवेदन दिनु पर्ने कुनै व्यक्तिगत फाइदा वा निजी स्वार्थ छैन भनी स्वघोषणा गर्नु पर्नेछ ।